काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

प्रचण्ड भन्छन् : चुनावअघि बाबुरामसँग पार्टी एकता हुँदैन

3.78K
shares
khanepani bord

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँग चुनावअघि पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

नेपाल जेसिजको क्षेत्र ख सम्मेलनमा सहभागी हुन शुक्रबार गोरखा आएका प्रचण्डले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने उनले बताए ।

बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उठाउने हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘को कहाँबाट उठ्ने भन्ने बिषय अहिले टुंग्याइएको छैन, तर बाबुराम जी र हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौं, गोरखाका लागि यो विशेष महत्वको कुरा हो ।’

एकीकृत समाजवादीसँग भने पार्टी समायोजनका लागि समिति बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

khanepani