अमेरिका-चीनबीच तनाव भइरहँदा नेपाल आफ्नो पक्षमा उभियोस् भन्ने अमेरिकाले चाहे पनि उभिएन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिका र चीनबीच तनाव भइरहँदा अमेरिकाले चाहेर पनि उसको पक्षमा नेपाल नउभिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अमेरिका र चीनबीच तनाव भइरहँदा नेपालले कसैको पनि पक्ष नलिएको बताए ।

उनले स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी०मा हस्ताक्षर गर्दा कसैको पक्षमा उभिनुपर्ने अवस्था आउनसकिने हुँदा नै त्यसलाई खारेज गरेको बताए ।

उनले अमेरिका र चीनबीच तनाव भइरहँदा नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले चीन पुगेर नेपाल एक चीन नीति प्रति प्रतिबद्ध छ भनेर फर्किएको बताए ।

त्यतिबेला अमेरिकाले आफ्नो पक्षमा उभिदिए हुने भन्ने सोचेको भए पनि त्यसो नगरिएको बताए ।

‘भर्खरै अस्ति हाम्रा परराष्ट्रमन्त्री नारायण खड्का चीन गएर आउनुभएको होइनरु अमेरिका र चीनबीच यत्रो तनाव भइरहेको बेलामा चीन गएर नारायण खड्काले नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ भनेर आउनुभयो,’ उनले भने, ‘त्यो बेलामा अमेरिकाले के चाहेको होला अमेरिकाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले अमेरिका र चीनको बीचमा लडाइँ भएको बेलामा अमेरिकाको पक्षमा उभिदिए हुन्थ्यो भन्ने चाहेको होला । उभियो त उभिएन।’

४,भाद्र.२०७९,शनिबार १५:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्