नेपाललाई रावलको जवाफ, १० बुँदेमा नअडिएको भए देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको १० भाइलक्षित अभिव्यक्तिप्रति एमाले नेता भीम रावलले जवाफ फर्काएका छन् ।

शनिबार युवाहरूको कार्यक्रममा नेपालले एमालेमै बसेको भए १० भाइको जस्तै हरिबिजोग हुने रहेछ भनी टिप्पणी गरेका थिए ।

पार्टी विभाजनमा नेपाललाई साथ नदिई एमालेमै बसेका १० जनामध्येका एक नेता रावलले सामाजिक सञ्जालमार्फत् १० बुँदेप्रति आफूहरू अडिग नभएको भए देशको हरिबिजोग हेरेर बस्नुपर्ने रहेछ भनेर जवाफ दिएका छन् ।

‘नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने, देश विदेशीको सैनिक अड्डा बनाउने, विदेशीलाई नागरिकता खोल्ने, संविधान मिच्ने, भागबण्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछु,’ रावलले लेखेका छन् ।

५,भाद्र.२०७९,आईतवार ०८:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्