गिरीकाे निधनकाे शोकमा लहान नगरपालिकामा बिदा, बजार बन्द गर्न उद्योग बाणिज्य संघकाे आह्वान

जनकपुरधाम । नेपाली काँग्रेसका नेता तथा सिरहा क्षेत्र नम्वर १ का साँसद प्रदिप गिरीको निधन भएको शोकमा लहान नगरपालिकाले बिदा दिएको छ । नेता गिरिकाे निधनकाे शोकमा बजार र क्याम्पस पनि बन्द भएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मायानाथ आचार्यले विज्ञप्ति जारी गरेर लहान नगरपालिकाभित्र शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरु (आकस्मिक बाहेक), वडा कार्यालयहरु तथा मातहतका कार्यालयहरु बन्द रहने जनाएको छ ।

यस्तै जिल्ला उद्योग बाणिज्य संघ सिरहा, लहानले गिरीको निधन भएको शोकमा बजार बन्दको आह्वान गरेको छ । संघका प्रवक्ता रविन्द्र श्रेष्ठले विज्ञप्ती जारी गरेर विहान ८ बजेदेखि एक दिन शोक विदा मनाइदिन लहान नगरपालिकाभित्रका सम्पूर्ण उद्योग र व्यावसायीसँग अनुरोध गरेका छन् ।

यस्तै लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस बिदा गरिएको छ । गिरीको निधनमा शोकसभा पश्चात सम्पूर्ण कक्षाहरु स्थगित गरिएको क्याम्पसका निमित्त प्रमुख संजय चौधरीले जानकारी दिए ।

लहान नगरपालिका १४ स्थायी घर भएका गिरीको शनिवार राति काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

५,भाद्र.२०७९,आईतवार १०:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्