एमाले निकट इन्जिनियरको बागमती प्रदेशमा नयाँ नेतृत्व चयन

काठमाडौं । नेकपा एमाले प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपा (पिन)को वागमति प्रदेश कमिटीको अध्यक्षमा सरद पण्डित चयन भएको छ । शनिवार सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्ष पण्डितलाई अध्यक्ष र प्रदिप खकुरेललाई सचिव चयन गर्दै १९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्षमा पुष्पराज घिमिरे,सहसचिव सुमन कोइराला र कोषाध्यक्ष प्रदिप श्रेष्ठ चयन चयन भएका छन् । सदस्यहरुम संजित कार्की,नारायण ज्ञवाली,विश्वास नेपाल ,पुरन सुवेदी,श्रृजा महर्जन,श्यामहरी आचार्य,अजित रिमाल,अनुप देवकोटा,अंकित लोहनी,गोबद्र्धन बास्कोटा,देव ढुंगेल,राजन न्यौपाने र नविन गिरी छन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेको अधिवेशनमा एमालेका वागमती प्रदेश अध्यक्ष केशव पाण्डे,संगठनका केन्द्रीय अध्यक्ष सुरज लामिछाने लगायतले शुभकामना दिएका थिए ।

५,भाद्र.२०७९,आईतवार १०:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्