मोरङमा २ वटा पेस्तोलसहित २ युवक पक्राउ

काठमाडौं । मोरङमा दुई जना व्यक्ति दुई वटा पेस्तोलसहित पक्राउ परेका छन् ।

सुनवर्षी नगरपालिका-८ खरेवारी सीमा इलाकाबाट आइतबार सशस्त्र प्रहरीको टोलीले सोही ठाउँका २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो ।

को २७प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल,

सोको एक वटा म्याग्जिन र एक राउण्ड गोली र अर्को एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो ।

आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षीय नवीन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रले धिमालले प्रयोग गरेको को२२प ६७०७ नम्बरको मोटरसाइकल, ४७ हजार ७७० रुपैयाँ र दुई थान मोवाइल सेटसमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद हतियार र साधनसहित सशस्त्रले कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

यसै गरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले आइतबार नै सप्तरी जिल्लाको राजगढ नगरपालिका-२ बनैनिया सीमा इलाकाबाट एउटा कटुवा पेस्तोल
तथा सोको एउटा गोली बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्ना साथ उनीहरूले बोकेको शंकास्पद बस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा पेस्तोल र गोली भएको पुष्टि भएको हो ।

६,भाद्र.२०७९,सोमबार १०:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्