काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

काठमाडौंको तापक्रम ३० डिग्री, गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह

4.15K
shares
khanepani bord

काठमाडौं । मध्य मनसुनको बेला केही दिनयता तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौं उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकालगायत देशका अधिकांश ठाउँमा केही दिनयता पानी परेको छैन । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम आज ३० डिग्री सेल्सियस पुगेको छ ।

‘विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको र आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाको प्रेस नोटमा भनिएको छ ।

यस वर्षको मनसुनमा देशभर आवश्यक मात्रामा पानी नपर्दा खडेरीले बालीनाली सुक्न थालेका छन् । तराईमा पनि गर्मी बढेको छ ।

khanepani