काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि आतंकवाद सम्बन्धी मुद्दा

5.49K
shares
khanepani bord

काठमाडौं । पाकिस्तानको प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानलाई आतंकवाद विरोधी कानून अन्तर्गत मुद्दा दायर गरेको छ ।

खानले आफ्ना सहयोगीलाई प्रहरी र न्यायपालिकाले थुनामा राखेर यातना दिएको आरोप लगाएपछि प्रहरी कारबाहीमा उत्रिएको हो ।

शनिबार सार्वजनिक भाषणमा खानले इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई आफ्नो पार्टीका सहकर्मी शाहबाज गिललाई हिरासतमा राखेको र दुर्व्यवहार गरेको आरोप लगाउँदै कारबाही गर्ने चेतावनी दिएका थिए ।

राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएर आरोपमा देशको आतंकवाद विरोधी ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले खानमाथि मुद्दा दायर गरेको हो ।

क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानमाथि मुद्दा दायर भएपछि उनका समर्थकले विरोधमा प्रदर्शन गरेका छन् । खानलाई पक्राउ हुन नदिन भन्दै समर्थक उनको घरमा भेला भएका छन् । खानलाई पक्राउ गरेमा राजधानी कब्जा गर्ने उनका समर्थकको तयारी छ ।

अप्रिलमा सत्ताबाट हटाइएदेखि खान सरकार र सेनाको आलोचक बनेका छन् । खानले इस्लामावाद उच्च अदालतमा पूर्व गिरफ्तारी जमानत माग गरेका छन् ।

khanepani