कैलालीमा एक किलो चरेशसहित किराना व्यापारी पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित एकजना किराना व्यापारी पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किराना पसल चलाउदै आएका ३६ वर्षीय दिनेश सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बझाङ जयपृथ्वी नगरपालिका-६ घर स्थायी घर भएका सिंहलाई एक किलो चरेशसहित पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले पसलमा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरिएको थियो ।

पक्राउ परेका उनलाई प्रहरी कार्यालयको हिरासतमा राखेर सिंहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६,भाद्र.२०७९,सोमबार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्