फिनल्याण्ड प्रधानमन्त्री मदिरा प्रकरण: लागूऔषध प्रयोग नगरेको पुष्टी

काठमाडौं । रक्सीले मातेर नाचिरहेको भिडिओ सार्वजनिक भएसँगै विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री साना मरिनले रक्सी बाहेक अन्य कुनै लागूऔषध प्रयोग नगरेको पुष्टी भएको छ ।

सानाले आफ्ना साथीहरुसँग पार्टी गर्दै नाचिरहेको भिडिओ सामाजिक संजालमा भाइरल भएसँगै विपक्षी दलका नेताहरुले सानाले पदिय मर्यादा भुलेको र रक्सीमात्र नभई अन्य लागूऔषध समेत प्रयोग गरेको आशंका व्यक्त गर्दै ल्याब परिक्षणको माग गरेका थिए ।

उक्त मागपछि सानाले ल्याब परिक्षण गराएकी थिइन् भने सो परिक्षणमा सानाले रक्सी बाहेक अन्य लागू औषध प्रयोग नगरेको पुष्टी भएको हो ।

पार्टीमा रमाउँदै गरेको भिडिओ सार्वजनिक भएसँगै सानाले आफुले रक्सी सेवन गरेको स्विकार गर्दै त्यस बाहेक कुनै पनि लागू औषध प्रयोग नगरेको बताएकी थिइन् ।

७,भाद्र.२०७९,मंगलवार ०७:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्