काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

सर्वोच्चले न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्नुको कारण माग्यो

3.43K
shares
khanepani bord

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई पदबाट बर्खास्त गर्नुको कारण पेश गर्न न्यायपरिषदको नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले शाहलाई न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुईजना न्यायपरिषदको सदस्यको नाममा आदेश जारी गरेको हो ।

सर्वोच्चले शाहले माग गरेको अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

उच्च अदालतको न्यायाधीश हुन योग्यता नपुगेको भन्दै न्यायपरिषदले शाहलाई बर्खास्तीको सिफारिस गरेको थियो । बर्खास्तमा परेपछि रिट निवेदन लिएर शाह सर्वोच्च अदालतमा पुगेकी हुन् ।

khanepani