काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

सरिता गिरीले भनिन् : प्रदीप गिरिको अन्तिम इच्छा अनुसार सद्‍भावना पार्टीबाट अलग्गिएँ

3.82K
shares
khanepani bord

काठमाडौं । सरिता गिरीले नेपाल सद्‍भावना पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

स्वर्गीय प्रदीप गिरिको अन्तिम इच्छा अनुसार आफू सदभावना पार्टीबाट स्वतन्त्र भएको बताएकी छिन् । ‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टी बाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ सरिता गिरीले फेसबुकमा लेखेकी छिन्, ‘नेपाल सद्भावना पार्टी लाई मैरो सदैव सद्भावना रहने छ ।’

२०७४ सालदेखि सिरहा लहानमा बसेर काम गर्दै आएको दाबी गर्दै उनले सिरहा लहानका जनताबीच आफ्नो कर्मभूमि रहेको बताएकी छिन् । तर उनले आफूले प्रदीप गिरिको विरासत वा उत्तराधिकारीको दाबी नगरेको प्रष्ट्याएकी छिन् ।

उनले लेखेकी छिन्, ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उतराधिकारको राजनीतिमा विश्वास गर्दिन न त प्रदीप दाइ गर्नु हुन्थ्यो । कर्मको राजनीति मेरो साध्य र साधन दुबै हुने छ ।’

IME
khanepani