
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को चुनावका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थासँग निवेदन मागेको छ । पर्यवेक्षणका लागि यसअघि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको आयोगले यसपटक राष्ट्रिय संस्थासँग निवेदन माग गरेको हो ।
आयोगले एक सूचना जारी गर्दै १५ दिनभित्र कामगजातसहित आवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
उनका अनुसार यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी भई प्रतिवेदन नबुझाएका संस्थाले यो पटक पर्यवेक्षण गर्न पाउँदैनन् ।
प्रतिक्रिया दिनुहोस्