काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

अण्डरग्राउण्डका संरचना खाली गराउन आरबी कम्प्लेक्समा मेयर बालेन्द्र

3.78K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको धरहरास्थित खिचापोखरीमा रहेको आरबी कम्प्लेक्सको अन्डरगाउण्ड खाली गराउँदै छ । महानगरले आरबी कम्पप्लेक्सको अण्डरग्राउण्डमा रहेको पसल स्टोरहरु खाली गराउन लागेको हो । कम्प्लेक्स अगाडि बनाइएको संरचना पनि खाली गराउन लागिएको छ ।

पार्किङका लागि नक्सा पास गरेर सटर भाडामा दिएपछि महानगरले खाली गराउन लागेको महानगरपालिकाले जनाएको छ । यसअघि आजै महानगरले काठमाडौं महलअगाडि बनेको अवैध संरचनामाथि डोजर लगाएर खाली भत्काएको छ ।

अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।

यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

khanepani