काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

जिल्ला अदालतलाई समय दिएका छौं, नक्सा पास रहेनछ भने त्यहाँ पनि डोजर चल्छ: मेयर बालेन शाह

3.81K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुन सबैलाई लाग्ने र बराबरी हुने भन्दै जिल्ला अदालतलाई आफूले समय दिएको बताएका छन् ।

बुधबार काठमाडौंमा पार्किङको लागि नक्सा पास गरी बनाएका अनधिकृत संरचनामाथि धमाधम डोजर चलाएका शाहले नियम कानुन सबैलाई बराबरी लाग्ने बताएका हुन् ।

काठमाडौंका संरचना भत्काउने क्रममा स्थानीयसँग कुरा गर्दै मेयर शाहले काठमाडौं जिल्ला अदालतले पनि नक्सा पास नगरी संरचना बनाएको पाइएमा भत्काउने बताए ।

‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो । हामीले जिल्ला अदालतलाई समय दिएका छौं। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि त्यहीँ हुने हो,’ उनले भने ।

मेयर शाहले पछिल्लो समय राजधानीमा अनधिकृत रूपमा बनेका संरचना हटाउन सुरू गरेका छन् ।

khanepani