काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

सुनसरीमा २९ जनाले छाडे जसपा, नेतृत्व स्वार्थ र दम्भमा लागेको आरोप

4.47K
shares
khanepani bord

इटहरी । सुनसरीका २९ जना नेताकार्यकर्ताले जसपाबाट परित्याग गरेका छन् । आज सुनसरीमा एक संयुक्त विज्ञप्ती जारी गर्दै २९ जनाले पार्टी परित्याग गरेको जानकारी गराएका छन् ।

‘पछिल्लो समयमा पार्टी नेतृत्व तहमा आ–आफ्ना स्वार्थ, दम्भ र लालचका कारण आन्तरिक समस्या सिर्जना भएको सर्वविदितै छ’, जसपा परित्याग गर्नेहरुले भनेका छन्, ‘पार्टी भित्रको समस्याले अगामी दिनमा पार्टी र संगठन मजबुद बन्ने र जनताप्रति उत्तरदायी बन्ने विषयमा विश्वास गर्न सक्ने अवस्था नरहेकाले हामी आबद्ध पार्टीमा, जिम्मेवारीमा रहिरहने अवस्था नरहेकोले हामी तपसिलका पार्टी पदाधिकारी तथा अभियन्ताहरु आजको मितिदेखि जनता समाजवादी पार्टीको आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरी राजिनामापत्र सार्वजनिक गरिएको छ ।’

राजीनामा गर्नेहरुमा जसपा सुनसरी सदस्य तथा इटहरी उपमहानगरपालिकाका उपाध्यक्ष उपेन्द्र श्रेष्ठ, सुनसरी जिल्ला सदस्य तथा महिला इन्चार्ज कृष्णकला निरौला, सुनसरी जिल्ला सदस्य तथा समाजवादी महिला संघ सुनसरी सचिव प्रतिमा माखिम लगायतका २९ नेताकार्यकर्ताहरु छन् ।

विज्ञप्तिः

IME
khanepani