काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

राष्ट्रपति भण्डारीले बोलाइन् आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारी

3.64K
shares
khanepani bord

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूलाई भेटका लागि बोलाएकी छन् ।

राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार भेटका लागि शीतल निवासमा बोलाएको सुरक्षा स्रोतले जनाएको छ । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपतिका लागि सेनाको टुकडी परिचालन गर्ने गरिएको छ ।

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी भण्डारीले पछिल्लो समय अन्य विभिन्न पेसा व्यवसायका व्यक्तिहरूलाई पनि भेट गरेकी छन् ।

उनी पहिलो पटक २०७२ कात्तिक १२ मा निर्वाचित भएकी थिइन् । त्यसैगरी दोस्रो पटक २०७४ फागुन २९ मा निर्वाचित भएकी हुन् ।

संसदबाट पारित गरेको नागरिकता विधेयक फिर्ता पठाएपछि प्रतिनिधिसभाले हुबहु पुन: अनुमोदन गरेपछि राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट रहँदै आएको स्रोतले जनाएका छन् ।

khanepani