काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

काठमाडौं ५ मा नेकपा एसबाट सुदेश पराजुलीको नाम सिफारिस, प्रदेशसभामा को को ?

3.81K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरेको छ ।

५ नम्बर क्षेत्रीय कमिटीको बुधवार साँझ बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि विद्यार्थी नेता पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको हो ।

पराजुलीले एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्न खोजेका छन् । नेकपा एसले सो क्षेत्र गठबन्धनबाट पाउँदा पराजुली उम्मेदवार बन्ने तयारी छ ।

बैठकले प्रदेशसभातर्फ क्षेत्र नम्बर ५ क मा हरिभक्त श्रेष्ठ र कृष्णप्रसाद सापकोटाको नाम सिफारिस गरेको छ । त्यस्तै ख क्षेत्रतर्फ रामकृष्ण सेढाई,दिपक केसी,मनोहरी खड्का,बालकृष्ण श्रेष्ठ,राजाराम भण्डारी,धावा तामाङ,सुदर्शन पौडेल,सुशान्त डंगोल र माइला श्रेष्ठको नाम सिफारिस गरेको छ ।

khanepani