काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा चापागाईं, महासचिवमा धमला

3.37K
shares
khanepani bord

काठमाडौं । नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन गरेको छ ।

संगठनको स्थापना दिवसको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न केन्द्रीय समितिको बिस्तारित बैठक नेत्र चापागाईलाई अध्यक्ष र टंक धमलालाई महासचिवमा चयन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय समितिमा ४५ सदस्यीय पदाधिकारी र १९९ सदस्य रहेका महासचिव धमलाले जानकारी दिए । संगठनको उपाध्यक्षमा ईश्वर अधिकारी, बल बहादुर रम्तेल, ओम नारायण महतो, लोकेन्द्र कुमार अधिकारी, नुरि मिकरानी, नागमा कादरी मिकरानी रहेका छन्।

यस्तै उपमहासचिवमा रेशम सापकोटा, राम बहादुर भन्डारी, रमानन्द शाह, अनिल यादव, आस्था नेपाली, अनिल लुईटेल, सरोज थापामगर र सन्तोष रायमाझी रहेका छन् । सचिवमा अनिल पटेल, संगम पोख्रेल, राजु कापर, नवराज बुढा, नवीन राय, विकल्प केसी, सन्तोष ढकाल, राजु ढकाल, सन्तोष कट्टेल, लोकप्रसाद ढकाल, केशव भट्ट, भरत ढकाल, सन्तोष आचार्य, केशव संग्रौला, किरण थापा, रामनरेश यादव, कुम्भराज पान्डे, चट्टान आचार्य, नवराज पौडेल, विशाल तिमिल्सिना, कृष्ण अधिकारी, बिष्णु न्यौपाने, सन्तोष नेपाली, रघुराम बस्नेत, गोकर्ण सापकोटा, अनुज जोशी, साधुराम नेपाली र कोषाध्यक्ष जनक ढकाल सर्वसम्मत निर्वाचित भएका महासचिव धमलाले जानकारी दिए ।

बैठकले तत्काल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अनुसार शिक्षा ऐन ल्याउन सरकारसँग माग गरेको नवनिर्वाचित सचिव विकल्प केसीले जानकारी दिए ।

khanepani