अवैध संरचना हटाउन शंखमूल र बानेश्वरमा स्थलगत निरीक्षण

काठमाडौं । अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ ।

अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउामा मेयर सहितको टोली पुगेका हुन् ।

बालेनसाग घर धनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् ।

बालेन नेतृत्वको टाेलीले अवैरध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।

आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।

९,भाद्र.२०७९,बिहीबार ११:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्