एमाले छाडेका इन्जिनियर सुशान्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारीमा लड्ने

काठमाडौं । इन्जिनियर सुशान्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । एक साताअघि एमाले छाडेको घोषणा गरेका उनले आज रिपोटर्स क्लबमा उम्मेदवारीको घोषणा गर्न लागेका हुन् ।

यो निर्वाचन क्षेत्रबाट ७४ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए ।

नेकपा एमालेबाट वागमती प्रदेश सांसद गणेशप्रसाद दुलालको स्वकीय सचिव भइसकेका उनी केही दिनअघि राजीनामा बुझाएका थिए । श्रेष्ठले जर्मनको याकोब्स युनिभर्सिटी बाट इलेक्ट्रीकल इन्जिनियरिङ पूरा गरेका छन ।

स्वतन्त्रहरूको लहर चलेका बेला आफू लहडका भरमा नभई ४ वर्षदेखिको योजना अनुरूप संसदीय चुनावमा उम्मेदवार बन्न लागेको श्रेष्ठले बताए ।

‘दलमा लागेर लामो समय काम गरेँ उनीहरूको कार्यशैलीले देश नबन्ने निष्कर्षसहित एमाले छाडेर आफैं संसद छिर्ने योजना बनाएको हुँ’, उनले भने ।

उता नेकपा एसले यही क्षेत्रबाट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ ।

९,भाद्र.२०७९,बिहीबार ११:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्