काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्षले छोडे पार्टी

3.52K
shares
khanepani bord

काठमाडौं । नेकपा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्याग गरेका छन्।

बिहीबार फेसबुकमार्फत शाहीले एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उनले उल्लेख गरेका छन् ।

‘२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे,’ शाहीले लेखेका छन्, ‘गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि थिए। पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्‍यायो । त्यसवापत पछुतो र आत्मग्लानी भएको छ।’

विगत ५/६ महिनादेखि पार्टी काम छोडेर निष्क्रिय रहेको भन्दै उनले लेखेका छन्, ‘विगत ५/६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु।’ पार्टी छाडेका शाहीले अब कुन पार्टीमा जाने भन्ने चाहिँ खुलाएका छैनन्।

एकीकृत समाजवादीले आज पार्टी पुर्नगठनको एक वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ ।

khanepani