जनताले चाहेका र जनतासँग भिजेका युवा नेता उज्जनकुमार श्रेष्ठको काठमाडौं क्षेत्र नं १ ख मा दावी किन ?

काठमाडौं । संघीय र प्रदेशको चुनावको मिति सरकारले तोकि सकेको अवस्था छ । यहि समयमा संघीय संसद र प्रदेश संसदका लागि पार्टीहरुमा जोड घटाउ सुरु भएको छ ।
पार्टीका सम्भावित उम्मेदवारहरु पार्टीका नेताहरुको घर दैलोमा जाने क्रम पनि तिब्र भएको छ । देशभरको माहोल चुनावी रास्साकस्सीमा छ । पार्टीहरु चुनावी तालमेलमा सक्रिय भएका छन । उम्मेदवारहरु टिकट कसरी हत्याउने भन्ने होडमा लागेका छन । पार्टीहरुका लाखौ नेता कार्यकर्ताहरुमा सिमितले टिकट पाउने सम्भावना हुन्छ । टिकट पाउनेमा पनि सबैले जित्न सक्दैनन ।
काठमाडौं क्षेत्र नम्बर एकमा पनि चुनावी रस्साकस्की शुरु भएको छ । यहि रस्साकस्कीकै वीच योग्य उम्मेदवारहरुले आफ्नो चुनावी माहोल समेत तयार गर्न थालेका छन ।

नेकपा एमालेका युवा नेता उज्जन कुमार श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर एकबाट प्रदेश सभाका प्रमुख दावेदार हुन । उनी विद्यार्थी जीवन देखि नै निरन्तर रुपमा नेपाल कम्युनिष्टको सक्रिय सदस्यकारुपमा क्रियाशिल हुर्दै आएका छन ।
उज्जन कुमार २०५४ सालको स्थानिय निर्वाचनमा नेपाली काग्रेसको किल्ला रहेको रामेछाप नगरपालिका वडा न. ३ साघुटारको वडा अध्यक्षमा प्रत्यक्ष निर्वाचित भएर आफ्नो कार्यकाल सफल मात्र पारेनन, उनले साँघुटारमा एमालेलाई स्थापीत नै गरेका थिए । वडामा उज्जालो वडा परिकल्पना सहित १ घर एक सोलार एक घर एक वायोग्यास ल्यान्ट जस्ता अवधारण सहित आर्कषक तथा अति आवश्यकिय कार्य सञ्चालन र सम्पन्न गरि जनताको मन जित्न सफल भएका श्रेष्ठलाई काठमाडौं वासिहरुले पनि अति रुचाएका नेताहरु मध्यमा पर्दछन । साथै समाजमा आवश्यक अन्य नेतूत्वदायी भूमिका निभाउन सक्षम र सवल नेतूत्व भएको व्यक्ति हुन, श्रेष्ठ ।

उनी जतिबेला काठमाडौंमा बसोबास गर्न थाले त्यहि बेलादेखि काठमाडौं बासीहरुको सेवामा क्रियाशिल रहन थाले । उनले जतिवेलादेखि पार्टीमा क्रियाशिलता बढाए त्यतिवेला देखि नै नियमित रुपमा पार्टी कमिटिमा सक्रियरुपमा क्रियाशिल रहर्दै आएका छन । उनको क्रियाशिलता अहिलेसम्म निरन्तर जारि रहेको छ । अव पनि झन क्रियाशिल भएर पार्टी मार्फत जनताहरुको काममा सक्रिय रहने प्रतिवद्धता जनाउ छन श्रेष्ठ ।
नेकपा एमाले काठमाडौ क्षेत्र न १ सदस्य लगायत २०६८ देखि क्षेत्र न. १ निर्वाचन क्षेत्रीय कमिटी काठमाडौको सचिव जस्तो गरिमामय पदमा निर्वाचित भएर उपत्यका विशेष समन्वय कमिटी अन्र्तगत गठित प्रकूति स्रोत व्यवस्थापनमा मनोनित भएर काम गरि सकेका श्रेष्ठ, काठमाडौं जिल्ला कमिटिको सदस्यमा निर्वाचित भै हाल काठमाडौ जिल्ला क्षेत्र न. १ बागमति प्रदेश ख को सयोजकको भूमिका निर्वाह गर्दै आएका छन । नेकपा एमाले जिल्ला कमिटी भवन निर्वाह विभागमा समेत रहेर कार्य गरिरहनु भएका श्रेष्ठ, नेकपा एमालेमा सक्षम, सवल, नेतूत्व दिन सक्ने प्रभावशालि नेताका रुपमा चित परिचित छन । उज्जल कुमार श्रेष्ठ आगामी २०७९ मसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बागमति प्रदेश काठकाडौ क्षेत्र न. १ ख को प्रमुख दावेदार समेत हुन ।
नेकपा एमालेको नेतूत्व तहबाट टिकट उपलब्ध भएमा युवा, विद्यार्थी वुद्धिजिवि, महिला, व्यापारी, समाजसेवी, लगायत व्यक्ती र समुदाय बसोवास गर्ने क्षेत्रबाट निर्वाचित भई सोहि जनसमुदायहरुलाई सवल सक्षम बनाउन पार्टीको निर्देशन अनुसार क्रियाशिल हुने कुरा श्रेष्ठले कुराकानीको शिलशिलामा बताएका हुन । पार्टी र जनसमुदायको कदर गर्दै अघि बढने दुरदुष्टी योजना भएका व्यक्तिलाई पार्टी मौका दिनु पर्ने आवाज पनि पार्टी पंतिमा उठ्ने गरेको छ ।
यस्ता सामाजिक अभियान्ता र अन्य पार्टिका मित्रहरुलाई पनि समेटन सक्ने क्षमता श्रेष्ठमा रहे
को देखिन्छ ।

वागमति प्रदेश काठमाडौ क्षेत्र न. १ ख को विभिन्न सघ सस्था, विकास समिति, सफाइ अभियान्तमा अग्रणीि भूमिका निर्वाह गरिरहनु भएका उदारणीय व्यक्ति श्रेष्ठले, मिनभवन सेवा सदन किरिया पुत्रि भवन निर्वाह तथा सचालन गरि मन्दीर पार्क निर्वाह सञ्चालन तथा टोलमा पर्ने भौतिक पूर्वाधारको निर्माण र मर्मत, सीसीटीभी क्यामेरा जडान, सडक चेतना मुलक कार्यक्रमहरु संञ्चालन गर्दै आएका छन र श्रेष्ठका यस्ता सर्यौ उदाहरण्ीय अरु कामहरु पनि रहेका छन । कैशीखेति, स्वास्था, ट्राफिक व्यवस्थापन तथा शान्तीसुरक्षाका काममा त उनी सधै कियाशिल नै छन ।
सबैले चिनेका र सबैलाई चिन्ने जनप्रतिनिधि नै अहिलेको आवश्यक्ता भन्ने नारालाई समाजमा स्थापीत गराउन पनि काठमाडौं क्षेत्र न १ ख बाट उज्जन कुमार श्रेष्ठ ?

९,भाद्र.२०७९,बिहीबार १६:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्