काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

बुटवलमा डेंगुबाट पूर्व गाविस उपाध्यक्षको मृत्यु

3.35K
shares
khanepani bord

रुपन्देही । बुटवलमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका १ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगुका कारण मृत्यु भएको हो ।

केही दिनदेखि अस्वस्थ रहेका आचार्यलाई बुधबार थप परीक्षणपछि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको थियो । बिहीबार थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा दिउसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बिहीबार राती नै त्रिवेणीमा अन्त्येष्टि गरिएको छ ।

आचार्य अर्घाखाँचीको मरेङ गाविसको पूर्व उपाध्यक्ष हुन् । केही सातायता रुपन्देहीमा डेंगुका बिरामी दिनहुँ बढेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरुको संख्या बढेको वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले बताए ।

IME
khanepani