शनिबार बिहानै एमाले उपाध्यक्ष पौडेलले लेखेः मेरो एउटा सपना पूरा भयो

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार बिहानै सामाजिक सन्जालमा लेखेको मेरो एउटा सपना पूरा भयो भन्ने विचार भारइल बनेको छ ।

आठ वर्षअघि पौडेलले यो सपना सुनाउँदा धेरैलाई विश्वास नलागेको तर आज पूरा भएर उद्घाटनको चरणमा पुग्दा उनी हौसिएर यस्तो लेखेका छन् ।

‘बुटवलमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गर्ने हाम्रो सपना आज पूरा भएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा योजना छनौट, गुरुयोजना र डिपिआर निर्माण, बजेट बिनियोजन, बहुवर्षीय ठेक्काको लागि सहमति, प्रक्रियागत रुपमा झन्झटिलो आयोजनास्थलमा रहेका रुखहरुको ईआइए र रुख कटान आदेशको सहमति, निर्माण सामग्रीको अभाव र कोभिड महामारी लगायतका अफ्ठ्यारा मोडहरु पार गर्दै आज उद्घाटनको चरणमा आइपुग्दा अत्यन्तै खुसी लागेको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सफल सञ्चालन भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, कार्यक्रम, प्रदर्शनी एवम् बैठकहरु आयोजना भई यस क्षेत्रको आर्थिक विकासमा थप मद्दत पुग्नेछ भन्ने आशा लिएको छु । बुटवलमण्डपभित्र यसै आयोजनाको महत्वपूर्ण अंगको रुपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल पनि छिटै निर्माण सम्पन्न भएर कार्यान्वयनमा आउने छ । यो आयोजना छनौटदेखि निर्माण सम्पन्न हुने चरणसम्म ल्याउन योगदान गर्नुहुने आदरणीय आमा,बुवा,दिदीबहिनी तथा दाजुभाईहरु, व्यावसायिक संघसंस्था, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, निर्माण व्यवसायी, सम्बद्ध श्रमिक, ईञ्जिनियर तथा प्राविधिक साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सम्मेलन केन्द्रको अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने तयारी भइरहेको छ ।

११,भाद्र.२०७९,शनिबार ११:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्