प्रधानमन्त्री देउवाले गरे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन
वि.सं.२०७९ भदौ ११ शनिवार १२:०९
shares

रूपन्देही । रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
शनिवार एक कार्यक्रमको बीच प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् । सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो ।
सम्झौता भएको ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक पटकमा एक हजार जना मानिस अट्ने सभा हल छ । त्यसबाहेक मिटिङ रुमहरू रहेका छन् ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत सहभागी छन् ।





















