काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

काठमाडौं मलको नक्सा पास भुइँतलासम्म मात्रै : महानगरपालिका

4.24K
shares
khanepani bord

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको प्लिन्थ लेबलसम्मको मात्रै नक्सा पास भएको जनाएको छ । महानगरको सहरी तथा भवन निर्माण विभागका सुरज शाक्यले प्लिन्थ लेबल (भुइँतला)सम्मको मात्रै नक्सा पास भएको बताए ।

उनले उक्त भवनमा दुई तलाको पार्किङ रहेको पार्किङका लागि पास भएको नक्सामा सटरहरू राखिएको बताए । गत बुधबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोलीले मलमा निर्माण गरिएको अनधिकृत संरचनाहरू हटाएको थियो ।

यस्तै, पार्किङका लागि छुट्टयाइएको क्षेत्रमा सटर बनाएर व्यवसाय सञ्चालन गरेको पाइएको थियो । महानगरको टोलीले मलको बेसमेन्टमा सटर हालेर सञ्चालन गरिएका पसलहरू खाली गराउन निर्देशन दिएर फर्किएको थियो ।

कर्मचारी सञ्चय कोषले आफ्नो जग्गामा नक्सा पास बिना नै व्यवसायिक प्रयोजनका लागि काठमाडौं मल निर्माण गरेको थियो ।

भवन विभागका निर्देशक शाक्यले कान्तिपुरसित भने,‘काठमाडौं मलको जमिन भुइँ तलासम्मको मात्रै पास छ । त्यसपछि माथिको संरचनाको नक्सा पास नै छैन ।’

महानगरले पटकपटक सूचना दिएर अभिलेख गराउन भनेपछि मलले नटेरेको शाक्यले बताए । ‘उहाँहरूलाई आउनु भनेर हामीले पटक पटक सार्वजनिक सूचना पनि गरेका थियौं । आउनु भएन । मापदण्ड अनुसार छ/छैन भनेर हामी अभिलेख गरिदिन्थ्यौं,’ उनले भने ।

कानुनी हिसाबले काठमाडौं मलको संरचनालाई महानगरपालिकाले नचिन्ने उनले बताए । महानगरपालिकाले उक्त मलको नक्सा पास विवरण भएका ल्याउन पुन:आग्रह गरेको छ । नक्सा पास नभए स्थानीय सरकार सञ्चालन ऐन अनुसार गरिएको व्यवस्था बमोजिम महानगर अघि बढ्ने उनको भनाइ छ ।

यसैबीच, काठमाडौं महानगरको टोलीले शनिबार बिहान बालाजु क्षेत्रका अनधिकृत संरचनाहरू भत्काएको छ । बनस्थलीबाट ढुंगेधारा जाने सडकमा निर्माण गरिएका अनधिकृत ७ वटा टहरा भत्काइएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । यस्तै, सडकपेटी मिचेर बनाइएका तीनवटा भर्‍याङ पनि भत्काइएको उनले बताए ।

यद्यपि, सिंहदरबार अगाडिको बसेरा होटल र ठमेलको छाया कम्प्लेक्सको वैधानिकतामा पनि प्रश्न उठाइएपछि महानगरले ती संरचनाको नक्सा पास भएको जनाएको छ ।

‘सिंहदरबार अगाडिको बसेरा होटलको डबल बेसमेन्टसहितको नक्सा पास भएको अभिलेख छ,’ शाक्यले कान्तिपुरसित भने, ‘ठमेलमा निर्माण भएको छाया कम्प्लेक्स पनि नक्सा पास भएको अभिलेख छ । व्यक्तिको नाममा लालपुर्जा छ, त्यो लालपुर्जामा निर्माण गरिएको संरचना छ ।’

khanepani