नागरिकता विधेयक दफावार छलफलका लागि समितिमा पठाउने
वि.सं.२०७९ भदौ १२ आइतवार १३:५४
shares

काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रपतिबाट पुनर्बिचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको छ ।
आतइबार बसेको पहिलो बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको बेहोरा र प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देश टेबुल भएको छ ।
आजै दोस्रो बैठक राखिएको छ । दोस्रो बैठकबाट विधायन व्यवस्थापन समितिमा पठाउने कार्यसूची तय भएको छ ।

























