कर्णाली : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्द्रमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाएका हुन् ।

राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् । सोमबार माओवादीकै दुई नयाँ अनुहार मन्त्रिमण्डलमा पठाउने तयारी छ ।

१२,भाद्र.२०७९,आईतवार १६:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्