काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ...

पुरा पढ्नुहाेस्

दुबई पठाइदिन्छु भनेर ३८ लख ठगी, एक जना पक्राउ

3.52K
shares
khanepani bord

काठमाडौं । दुबई पठाइदिन्छु भनेर ३८ लाख ठगी गरेको आरोपमा प्रहरीले नवलपरासी पश्चिमका भोजबहादुर चौधरीलाई पक्राउ गरेको छ ।

दुबई जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि आर्म्स गार्डमा मासिक १ लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरुसँग उनले ३८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन आग्रह गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार चौधरीलाई सामाखुशीबाट पक्राउ गरेको हो ।

चौधरीलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिए ।

khanepani