काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

कर्णाली प्रदेश : माओवादीका सबै सांसद मन्त्री, आज दुईजनाको सपथ

3.87K
shares
khanepani bord

सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिँदैछन् ।

रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् । यो नियुक्तिसँगै कर्णाली प्रदेशमा माओवादीका सबै ११ सांसद मन्त्री भएका छन् ।

माओवादीले सबै सांसदलाई माग पुर्‍याउन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो ।

सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए । रिक्त दुई मन्त्रालयमा पालो पुग्न बाँकी दुई सांसदलाई पठाइएको हो ।

khanepani