काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

नेपाल र केन्याको चाैथाे खेल आज

4.26K
shares
khanepani bord

काठमाडौं । नेपाल र केन्याबीचको चाैथाे टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

शृंखलामा २-१ काे अग्रता बनाएकाे नेपालका लागि शृंखला जित्ने अवसर छ । आजकाे खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नाे पक्षमा पार्ने छ ।

पाँच खेलकाे टी-२० शृंखलामा नेपालले पहिलाे खेल ५ विकेटले जितेकाे थियाे । दाेस्राे खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेकाे थियाे ।

आइतबार भएकाे तेस्राे खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएकाे छ ।

khanepani