एनसेलको एपमा पनि अवरोध, कारण र समाधान प्रयासबारे मौन

काठमाडौं । निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलको सेवासँगै एपमा पनि अवरोध आएको छ ।

आज बिहानैदेखि एनसेलको कुनै नम्बरमा कल लागेको छैन । त्यस्तै एनसेलको एप पनि अवरुद्ध भएको छ ।

एनसेलको नेटर्वक र एप नै बन्द भएपछि सेवाग्राहीलाई समस्या परेको हो । एनसेलले आफ्ना सेवाग्राहीलाई घण्टौ सेवा अवरुद्ध हुँदा पनि कारण र समाधानका प्रयासबारे कुनै जानकारी दिएको छैन ।

एनसेलको सिमबाट फोन गर्दा नलाग्‍ने, इन्टरनेट नचल्ने, एसएमएस नजाने र एप नचल्ने ससस्या देखिएको छ ।

१३,भाद्र.२०७९,सोमबार १२:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्