काठमाडौं जिल्ला अदालतले हटायाे फुटपाथमा राखेको पुरानो सवारी

काठमाडौं । काठमाडौं जिल्ला अदालत अगाडि सडकपेटीमा राखिएको सवारी साधन हटाएको छ । दुई वर्षदेखि राखिएको ट्रक र बस अदालत अगाडिको फुटपाथबाट हटाएको हो ।

सडकपेटीनै ढाक्ने गरि राखिएको उक्त सवारी साधन सोमबार राति अदालतले हटाएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथमा राखिएका पसल सामानहरु हटाउन थालेपछि अदातल परिसरमा सडकपेटीमा राखिएको पुराना सवारीसाधन हटाउन सर्वसाधरणले आग्रह गरेका थिए । पुराना सवारी साधन सडकमा राख्दा पैदलयात्रीलाई हिड्न समस्या भएको थियो ।

१५,भाद्र.२०७९,बुधबार १०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्