महाअभियोग स्वत: निष्क्रिय भइसक्यो, संसदको सम्मानका लागि मात्र आएको हुँ : चोलेन्द्र
वि.सं.२०७९ भदौ १५ बुधवार १३:४६
shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको बताएका छन् । बुधबार बयानका लागि महाअभियोग सिफारिस समितिमा गएका उनले आफू संसदको सम्मानका लागि मात्र आएको बताए ।
उनले संसदले नै आफ्नो नियमावलीको पालना गर्न नसकेको टिप्पणी षरे । म पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै उनले त्यसैका लागि आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।
‘…दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको हो’ उनले भने । प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको पनि जबराले बताए ।

























