निलम्बित प्रधानन्यायाधीश राणाको बयान आज पनि हुँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । आज पुन: ११ बजे राणालाई बयानका लागि बोलाइएको हो ।प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको बयान लिइरहेको छ ।

बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए ।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए ।

उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार जबराले चार घण्टा बयान दिएका थिए ।

१६,भाद्र.२०७९,बिहीबार ०७:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्