सिरहा २: मेयरमा पराजित रामचन्द्र यादव काँग्रेसको उम्मेदवार सिफारिस

जनकपुरधाम । सिरहा क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसको तर्फबाट जिल्ला सभापति रामचन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् ।

दोस्रो संविधानसभा सदस्य समेत रहेका यादव वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढीमाई नगरपालिकाको मेयरमा पराजित भएका थिए । बुधवार काँग्रेस क्षेत्रिय समितिले प्रतिनिधिसभा सदस्यका लागि उनको एकल नाम सिफारिस गरेको नेता सकलदेव यादवले जानकारी दिए ।

सिरहा क्षेत्र नम्वर २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार सिफारिस भएका छन् । जनमत पार्टील ई। इन्द्रजीत यादवलाई उम्मेदवारको रुपमा अगाडी सारेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका दल उम्मेदवार सिफारिस गर्न सकेका छैन ।

०७४ मा यस क्षेत्रबाट बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास विजयी भएका थिए । सत्ता गठबन्धनको सिट बाँडफाँडको टुङ्गो नलागेको अवस्थामा अहिले दलहरु आ–आफ्नो दावी प्रस्तुत गर्दै उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

१६,भाद्र.२०७९,बिहीबार ०९:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्