काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ...

पुरा पढ्नुहाेस्

मोरङ-४ का लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

3.63K
shares
khanepani bord

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङ-४ बाट पाँच जनाको नाम सिफारिस भएको छ ।

नेताहरू महेश आचार्य, गुरुराज घिमिरे, भीम पराजुली, दिलिप गच्छदार र भक्ति माझीको नाम क्षेत्रीय समितिले सिफारिस गरेको नेता गुरुराज घिमिरेले जानकारी दिए ।

आचार्य यसअघि यसै क्षेत्रमा पराजित भएका थिए । आचार्यले १४औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएर पराजित बनेका थिए । घिमिरे प्रदेश-१ सभापतिमा पराजित नेता हुन् ।

सिफारिसमा परेका पराजुली विराटनगरका पूर्व मेयरसमेत हुन् । दिलिप गच्छदार संविधान सभाका सदस्य थिए ।

सिफारिसमा परेका माझी पूर्वडिआइजी हुन् । यस क्षेत्रमा अघिल्लो पटक बाम गठबन्धनबाट अमनलाल मोदीले जितेका थिए ।

khanepani