त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड महानगरले बन्द गर्‍यो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । उक्त डिजिटल होर्डिङ बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाउन भनेको छ ।

केहीबेर अघि महानगरपालिकाले बोर्ड हटाउनका लागि नगर प्रहरी त्यहाँ पुगेका हुन् । उनीहरुलाई मेयर बालेन्द्र शाहले निर्देशन दिएको उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएको उनले बताए ।

मुख्य सडकको भवनमा ठूलो डिजिटल बोर्डले सवारी चालकको भंग गर्ने हुँदा दुर्घटनाको जोखिम समेत हुने गरेको थियो ।

१६,भाद्र.२०७९,बिहीबार १४:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्