काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

उच्च अदालतका रजिष्ट्रारलाई नै भ्रष्टाचारको मुद्दा

4.45K
shares
khanepani bord

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदातलमा मुद्दा दायर गरेको हो । उनले नक्‍कली विल भरपाई खडा गरी, नक्‍कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उनले बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन थालेको थियो ।

khanepani