काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

सडकमा थुपारिएका निर्माण सामाग्री हटाउँदै महानगर

3.71K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा थुपारिएको निर्माण सामाग्री हटाउन शुरु गरेकाे छ ।

महानगरले आजदेखि डोजर लगाएर सडकमा राखिएको निर्माण सामाग्री हटाएको हो । निजी प्रयोजनका लागि सडकमा नै निर्माण सामाग्रीहरु राखेर निर्माणकार्य भएका ठाउँको सामाग्री महानगरले उठाउन थालेको महानगरले बताएकाे छ।

नयाँ बानेश्वरमा रहेको युनिग्लोबल कलेज अगाडि थुपारेको निर्माण सामाग्री महानगरकाे आफ्नै गाडीमा लोड गरेर टेकु लगिएको छ । निर्माण सामाग्री बाटोमा नै राखेर निर्माण गर्दा पैदल यात्रु र सवारी आवतजावतमा समेत आसर पर्ने गरेको छ ।

महानगरपालिकाले अबैध संरचना र होर्डिङ बोर्डसँगै अब सडकमा थुपारिएका निर्माण सामाग्री हटाउन शुरु गरेको छ ।

khanepani