काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ...

पुरा पढ्नुहाेस्

कांग्रेस सांसद लामाको प्रस्ताव: श्रीमान्‌-श्रीमती उम्मेदवार भए दुवैको खारेज हुने नियम बनाऔं

3.68K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले श्रीमान् र श्रीमती दुवैजना उम्मेदवार भएको अवस्थामा दुवैको उम्मेदवारी खारेज हुनेगरी ऐन संशोधनको माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद लामाले श्रीमान् प्रत्यक्ष उम्मेदवार भए श्रीमती समानुपातिक र श्रीमती प्रत्यक्ष भए श्रीमान् समानुपातिकमा बस्ने प्रचलनले कार्यकर्ताको योगदानको अवमूल्यन भएको भन्दै ऐनमै संशोधनको माग गरेका हुन् ।

सांद लामाले भने, ‘श्रीमान् र श्रीमती दुवैजनाले एकैपटक टिकट नपाउने गरी नियमावली संशोधन गरौं । अब श्रीमान् र श्रीमती दुवै उम्मेवदार भए खारेज गर्ने नियम बनाउनुपर्छ । नत्र कार्यकर्ताको त्यागको अर्थ नहुने भयो ।’

कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा दुवैजना उम्मेदवार बन्न लागिरहेका बेला कांग्रेस सांसदले संसदमै यस्तो अभिव्यक्ति दिँदा सांसदहरूबीच हाँसो चलेको थियो ।

khanepani