मूल्यवृद्धिको विरोधमा नेकपा विद्यार्थीहरुको प्रदर्शन

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट विद्यार्थी संगठनले संयुक्त रुपमा इन्धनको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेका छन् ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी डिजल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मुल्य वृद्धि गरेको थियो ।

उनीहरुले टेकु आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

१७,भाद्र.२०७९,शुक्रबार १५:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्