काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

दक्षिणकालीमा ट्रक दुर्घटना, २ जना घाइते

3.34K
shares
khanepani bord

काठमाडौं । दक्षिणकालीमा ट्रक दुर्घटना भएको छ । दक्षिणकाली नगरपालिका-८ छैमलेको शीतलचोकमा बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक शुक्रबार राति साढे ८ बजे आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सख्त घाइते भएका हुन् ।

घाइते भएका दुवै जना पुरुषको उद्धार गरि मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जनाको पहिचान नभएको प्रहरीको भनाइ छ ।

IME
khanepani