महासचिव पोखरेलको निर्वाचन क्षेत्र दाङ २ ´क` मा बलिभद्र राना एमालेका सर्वसम्मत उम्मेदवार
वि.सं.२०७९ भदौ १८ शनिवार १२:४७
shares

दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ प्रदेश सभा ´क`मा बलिभद्र रानालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।
एमाले महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ २ ‘क’ बाट यसपाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रानालाई निर्बिरोध सिफारिस गरेको हो ।
प्रदेश ´क`का संयोजक भानसिङ बुढाको अध्यक्षता एवं पोलिटब्यूरो सदस्य नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रानालाई प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमालेका प्रदेश कमिटि सदस्य तिरन गौतमले जानकारी दिएका छन् ।
यसअघि पनि २०७४ सालको प्रदेशको चुनावमा पनि राना एमालेबाट एक नम्बरमा सिफारिस भएका थिए । पोखरेल दाङ २ क बाट चुनाव लडेपछि घोराहीका मेयर समेत भइसकेका राना प्रदेशको जनजाती कोटाबाट एक नम्बरमा समानुपातीक सभाषदको उम्मेदवार बनेका थिए ।
एमालेले रानालाई सर्वसम्मत सिफारिस गरेपछि उनि बलियो उम्मेदवार बनेका छन । चुनावमा जनजाती समुदाय र पार्टी बाहिर पनि प्रभाव पार्न सक्ने भएकाले रानालाई एमालेले सर्वसम्मत उम्मेदवार बनाएको हो । विभीन्न सामाजिक संघ सस्थामा पनि उनले राम्रो जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
सामाजिक क्षेत्रमा पनि उनको सकृयता राम्रो छ। पोखरेल यसपाली दाङ क्षेत्र नम्बर २ बाट संघमा चुनाव लड्दैछन् ।




















