राप्रपा नेपालबाट मकवानपुरको क्षेत्र नम्बर १ मा कमल थापा सिफारिस

हेटौँडा । राष्ट्रिय प्रजातान्त्रिक नेपाल मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी केन्द्रीय अध्यक्ष कमल थापालाई मकवानपुरको क्षेत्र नंबर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्ला संयुक्त बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेद्वार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।

जिल्लाको अन्य प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम तय गर्ने राप्रपा नेपाल मकवानपुरले जनाएको छ । थापा यस अघि पनि मकवानपुर क्षेत्र नंबर १ बाट चार पटक उम्मेद्वार बनिसकेका थिए । जसमध्ये २०५१ सालमा विजयी भएका थिए भने तीन पटक एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए । थापालाई २०४८,२०५६ र २०७४ मा एमालेका दाहालले पराजित गरेका थिए ।

१८,भाद्र.२०७९,शनिबार १५:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्