निलम्बित प्रधानन्यायाधीश राणाको बयान आज पनि

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने क्रम आज पनि जारी छ ।

महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टका अनुसार जबरालाई आज बिहान ११ बजे पुनः समितिमा बोलाइएको छ ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ९ गते दिउँसो ११ बजे पुन बयानका लागि बोलाएको थियो ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् ।
प्रश्नहरु लामो भएकाले समय लागको बताइएको छ ।

तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् ।

१९,भाद्र.२०७९,आईतवार ०८:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्