चोलेन्द्रसँग अझै ३२ सवाल बाँकी, २५ गते फेरि बोलाइयो
वि.सं.२०७९ भदौ १९ आइतवार १३:३७
shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको आजको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले आज उनलाई पाँचवटा प्रश्न सोधेको थियो । उनलाई सोध्न ४३ वटा प्रश्न तयार छन् ।
आज करिब एक घण्टा उनको बयान लिइएको थियो । राणालाई बयानका लागि भदौ २५ मा बोलाइएको छ ।
निर्वाचनको तयारीका लागि नेताहरू जिल्ला-जिल्लामा जानुपर्ने भएकोले बैठक केही दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

























