कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा अनधिृकत रुपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ ।

कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

नगरप्रहरीले अहिले धमाधम फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेको उनको भनाइ छ । केही बेरमा अनधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने उनले बताए ।

१९,भाद्र.२०७९,आईतवार १७:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्