कैलाली ५ मा संघका लागि एमालेबाट रानाको एकल नाम, प्रदेश सभामा को-को ?

कैलाली । नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्य नारद मुनि रानाको एकल नाम सिफारिस गरेको छ ।

आज बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले एमाले पोलिट ब्यूरो सदस्य तथा कैलाली इन्चार्ज रानालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

अघिल्लो पटक पनि उम्मेदवार बनेका उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई ५ हजार बढी मतले हराएका थिए । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

यस पटक पनि राणा र राना चुनावी मैदानमा भिड्न सक्ने सम्भावना बढेको छ ।

यस्तै, एमालेले प्रदेश सभा क मा नेपालु चौधरी, यज्ञराज बास्तोला, राजेश खाती, तुलसी गौतम, विष्णु चन्द र सिताराम बुढाथोकी सिफारिस गरेको छ । उनीहरुलाई प्रदेश निर्वाचन समन्वय कमिटीले सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको हो । त्यस्तै, प्रदेश ख मा भने दुर्गा जोशी, विनय शाह, डिल्लीराज जोशी, यज्ञ ढुंगाना, चुडामणी भट्ट र सानु साउँद सिफारिस भएका छन् ।

१९,भाद्र.२०७९,आईतवार १८:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्